बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लता मंगेशकर अझै आइसियूमा, डाक्टर भन्छन्, 'स्वास्थ्यलाभको कामना गर्नुस्'

बिहीबार, ०६ माघ २०७८, ११ : ३०
बिहीबार, ०६ माघ २०७८

स्वरकी रानी भारतकी प्रसिद्ध गायिका लता मंगेशकर कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएकी छिन् । उनको आइसियूमा राखेर उपचार भइरहेको छ । उनी गत जनवरी ८ देखि अस्पतालको आइसियूमा छिन् । उनको स्वास्थ्य स्थितीको बारेमा डाक्टरहरुले अपडेट दिइरहेका छन् । 

लता मंगेशकरका डाक्टर प्रतित समदानीले लताको स्वास्थ्य स्थितीको बारेमा फेरि एकपटक जानकारी दिएका छन् । उनले भनेका छन्, 'लता जी अझै पनि आईसियूमा हुनुहुन्छ । उहाँको उपचार भइरहेको छ । यसभन्दा बढी केही बताउन असमर्थ छौँ । उहाँको स्वास्थ्यलाभको कामना गर्नुहोस् ।' 

लता ९२ वर्ष पुगेकी छन् । उनलाई कोरोनासँगै निमोनिया पनि भएको छ । डाक्टरहरुले उनको उमेर बढी भएकाले धेरै सतर्क भएर उपचार गराइरहेका छन् । डाक्टरले अझै १० देखि १२ दिन अस्पतालमा नै राख्ने जानकारी पनि दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप