शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनय छोडेको छैनः रजनी केसी

बिहीबार, ०६ माघ २०७८, ११ : ०७
बिहीबार, ०६ माघ २०७८

अभिनेत्री रजनी केसी पछिल्लो समय फिल्ममा नदेखिएको धेरै भयो । उनी अचेल सानो पर्दामै ब्यस्त छिन् । सोही कारण पनि उनको फिल्म दर्शकले हेर्न नपाएको करिब ४ वर्ष जति भयो । यो अवधिमा उनले नयाँ फिल्म अभिनय गरेको पनि सुन्न पाइएको छैन । 

त्यसैले होला सायद कतिपयले त उनी अभिनयबाट टाढा भएको अनुमान गर्न थालेका छन् । रजनीले भने आफू अभिनयमै रहेको बताउँछिन् । ‘म अभिनयबाट हराएको छैन’ केसीले भनिन् ‘कोरोनाको कारणले फिल्म भने ग्याप भएको हो ।’ उनले सानो पर्दाका सिरियल र म्युजिक भिडियो गरिरहेको सुनाइन् ।

‘विगत केही बर्षयता मैले आमाको पनि विषेश ध्यान राख्नु परेको छ,’ उनले थपिन् ‘सोही कारणले फिल्म अभिनय गरिन । सानो पर्दाको अभिनय भने लगातार गरिरहेकी छु ।’ यो बिचमा आफुलाई केही फिल्मको अफर आएपनि समयको कारणले गर्न नभ्याएको उनले सुनाइन् ।

रजनीका अनुसार आमा बिरामी भएको कारण उनले फिल्मलाई समय दिन नसकेको हो । सानो पर्दाको प्रोजेक्टमा भने थोरै समय दिए पुग्ने भएकोले फाट्टफुट्ट गरिरहेकी हुन् ।
केही अगाडि भने उनी सिरियल ‘टेन टु फाइम’ र ‘डन्ट माइन’ मा भने देखिएकी थिइन् । त्यसको अलवा उनका केही म्युजिक भिडियो समेत आएको थिए । केही दिन अगाडि मात्र उनले लोकगायक रामप्रसाद खनालले ल्याउन लागेको एक म्युजिक भिडियो अभिनय सकाएकी छन् ।

अवको दिनमा भने उनी फिल्म पनि अभिनय गर्ने मुडमा छिन् । केही फिल्मका अफर समेत उनका हातमा छन् । ति सबैको स्क्रिप्ट अध्ययन गरिरहेकी उनले राम्रो फिल्म मात्र खेल्ने आफ्नो योजना सुनाइन् । 
रजनी अभिनित पछिल्लो दुई फिल्म ‘चर्खा’ र ‘रमिता’ भन्ने प्रदर्शनमा आउन बाँकी छ । यी फिल्म प्रदर्शनमा आउने समयसम्म केही फिल्म अन्य दिने उनी बताउछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप