टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा , सोमपाल अटेनन्
बिहीबार, ०६ माघ २०७८, १० : ३९
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि अन्तिम १६ सदस्यीय टोली घोषणा गरेको छ ।
अन्तिम १६ टीममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल छन् । यस्तै, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम पनि अन्तिम १६ मा परेका छन् । क्यानले अन्तिम १६ मा तीव्र गतिका बलर सोमपाल कामी र विकेट किपर विनोद भण्डारीलाई भने सामेल गरेको छैन ।
फेब्रुअरी १७ देखि सुरु हुने ‘ग्लोबल छनोट ए’मा नेपालसहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजित गर्दा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै ओमान, क्यानडा र फिलिपिन्स समूहमा ‘बी’मा परेका छन् । आयरल्याण्ड, युएई, जर्मनी र बहराइन भने समूह ‘ए’ मा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण