टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा , सोमपाल अटेनन्
बिहीबार, ०६ माघ २०७८, १० : ३९
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि अन्तिम १६ सदस्यीय टोली घोषणा गरेको छ ।
अन्तिम १६ टीममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल छन् । यस्तै, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम पनि अन्तिम १६ मा परेका छन् । क्यानले अन्तिम १६ मा तीव्र गतिका बलर सोमपाल कामी र विकेट किपर विनोद भण्डारीलाई भने सामेल गरेको छैन ।
फेब्रुअरी १७ देखि सुरु हुने ‘ग्लोबल छनोट ए’मा नेपालसहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजित गर्दा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै ओमान, क्यानडा र फिलिपिन्स समूहमा ‘बी’मा परेका छन् । आयरल्याण्ड, युएई, जर्मनी र बहराइन भने समूह ‘ए’ मा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर