शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित

बिहीबार, ०६ माघ २०७८, १० : ३५
बिहीबार, ०६ माघ २०७८

भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहँु बढेको छ । 

भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।
कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप