शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीलाई खुकुरी प्रहार गर्ने युवक पुर्पक्षका लागि थुनामा

बिहीबार, ०६ माघ २०७८, १० : ००
बिहीबार, ०६ माघ २०७८

पक्राउ गर्न जाँदा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)लाई पुस १० मा रामेछापका शनि तामाङले खुकुरी प्रहार गरे । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर नजिक पुस १० मा राति सामान्य विवाद हुँदा दोलखाका २८ वर्षीय सुवास तामाङलाई उनले खुकुरी प्रहार गरेर भागेका थिए ।

सो सूचना पाएपछि पक्राउ गर्न गएका सई पदम अवस्थीलाई पनि शनिले खुकुरी प्रहार गरेका हुन् । तर, उनी प्रहरीको घेराबाट उम्कन सकेनन् । आफू घाइते भएर पनि अवस्थीले उनलाई पक्रेर महानगरीय प्रहरी वृत बालाजुमा ल्याए ।

जिल्ला अदालत काठमाडौंले शनि तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । माघ ५ मा जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागी जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश राज मैनालीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप