मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

केवल १ अमलाले पुरा गर्छ शरीरको भिटामिन सीको आवश्यकता तर यसरी खानुपर्छ

बिहीबार, ०६ माघ २०७८, ०९ : ४९
बिहीबार, ०६ माघ २०७८

अमलालाई अमृत फल भनिन्छ । यसको सेवन भिटामिन सी प्राप्तिको उत्तम तरिका पनि हो । तर कतिपयलाई यो कसरी खाने भन्ने सही तरिका नै थाहा छैन । जसका कारण उनीहरुलाई यसको पूरा फाइदा नै मिल्दैन । भारतकी डाइटिसियन तथा न्यूट्रिसनिस्ट शिल्पा मित्तलले अमला खाने सही तरिकाबारे जानकारी दिएकी छिन् । 

केबल एक अमला पर्याप्त

शिल्पा मित्तल भन्छिन्, ‘कयौँ मानिस अमलाको अचार, क्यान्डी, तितौराको सेवन शरीरमा भिटामिन सी प्राप्त गरोस् भनेर पनि खाने गर्छन् । तर यो तरिका सही होइन । अमलाको पुरा लाभ लिनका लागि अमला काँचै खान आवश्यक छ । अमलालाई फलामको चक्कुले काट्नाले पनि यसको न्यूट्रियन्स कम हुन जान्छ । त्यसैले यसलाई स्टिलको चक्कुले काटेर वा दाँतैले टोकेर खानुपर्छ ।

अमलालाई लामो समयसम्म काटेर राख्नु हुँदैन । यसो गर्नाले भिटामिन सीको पुरा फाइदा मिल्दैन । यो काट्ने बित्तिकै खानुपर्छ । स्वाद बढाउनका लागि तपाईं अमलामा थोरै नुन मिलाएर पनि खान सक्नु हुनेछ । तर मुटु वा मधुमेहका रोगीहरुले यसो गर्नु हुँदैन । धेरै नुन उनीहरुका लागि हानिकारक हुन सक्छ ।

भोजनमा भिटामिन सी समावेश गर्न तपाईंले धेरै पैसा खर्च गर्न वा यसबाट बनेका चक्की खानै पर्दैन । प्रत्येक दिन एउटा अमला खानाले शरीरमा भिटामिन सीको पूर्ति हुन्छ ।

स्वास्थ्य र सुन्दरताका लागि खानुहोस अमला

अमलाको भरपूर फाइदा लिनका लागि बिहान खानुहोस् । यसले शरीरको विषाक्त पदार्थलाई बाहिर निकालीदिन्छ र शरीरको सफाइ गर्छ ।

अमलामा रहेको एन्टीअक्सिडेन्ट र भिटामिन सीले शरीरको प्रतिरोधात्मक र मेटोबोलिजम बढाउँछ । जसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । चिसोबाट बच्नका लागि हिउँदको समयमा अमला पक्कै पनि खानुहोस् ।

दैनिक अमला खानाले आँखाको ज्योती बढ्छ । त्यसैले जो मानिसले चश्मा लगाउनु हुन्छ उनीहरुले अमलाको सेवन गर्न जरुरी छ ।

अनुहारको दाग र खटिराहरु हटाउन पनि मनतातो पानीमा अमलाको पाउडर मिसाएर अनुहारमा लगाउनु पर्छ । सुकेपछि यसलाई धुनुपर्छ । यसले अनुहारमा चमक आउँछ र दाग धब्बा हट्छ ।

कपाललाई स्वस्थ र सुन्दर बनाउन सुकेको अमलालाई फलामको कराइमा भुटेर पिस्नुस् । यो पाउडरलाई मेहेन्दीको पेष्टमा मिसाएर कपालमा लगाउनुहोस् । यसो गर्दा कपालको स्वास्थ्य र सुन्दरता दुबै बढ्न जान्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप