शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाद्वारा भारत पराजित

बिहीबार, ०६ माघ २०७८, ०९ : ०२
बिहीबार, ०६ माघ २०७८

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।  

भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए ।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे ।  दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।  यस्तै कप्तान टेम्बा बभुमाले  ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप