शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोबिन्होले हारे बलात्कारको मुद्दा

बिहीबार, ०६ माघ २०७८, ०७ : ४७
बिहीबार, ०६ माघ २०७८

सन् २०१३ मा मिलानमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ब्राजिलका फुटबलर रोबिन्होले अन्तिम पुनरावेदन पनि हारेका छन् । बुधबार रोमको सर्वोच्च अदालतले ३७ वर्षीय खेलाडीलाई यसअघि सुनाइएको ९ वर्ष जेल सजायको फैसलालाई नै सदर गरेको हो ।

सन् २०१७ मा रोबिन्होसहित अन्य पाँच ब्राजिलियनहरुलाई एक नाइट क्लबमा २२ वर्षीया युवतीलाई बलात्कार गरेकोमा दोषी ठहर गरिएको थियो । तर, हाल रोबिन्हो ब्राजिलमा रहेका कारण उनले जेल सजाय भुक्तान गर्ने भने छैनन् । ब्राजिलको कानुनले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्न रोकेको छ । यद्यपि, इटालीले ब्राजिललाई उनलाई त्यहीँ नै जेल सजाय भुक्तान गर्नका लागि आग्रह भने गर्न सक्छ ।

ब्राजिलको सान्तोष क्लबबाट करियरको सुरुवात गरेका रोबिन्हो सन् २००५ मा रियल म्याड्रिड पुगेका थिए । त्यहाँ चार सिजन बिताएका उनले २ वटा लिग उपाधि जितेका थिए । सन् २००८ मा उनी कीर्तिमानी रकममा म्यानचेस्टर सिटी पुगेका थिए । तर सन् २०१० मा उनी पुनः सान्तोष फर्किएका थिए । त्यसपछि उनी एसी मिलान पुगेका उनी त्यहाँ चिनियाँ टोली ग्वानझाओ एभर ग्रान्डेसँग आबद्ध भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप