
इजरायलमा श्रमिक पठाउन सुरु, बुधबार ९९ जना उडे

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा ९९ जना त्यसतर्फ प्रस्थान गरेका छन् । इजरायल प्रस्थान गर्नुअघि श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रममन्त्री किसन श्रेष्ठले बुधबार बिदाइ गरे । निजी क्षेत्र तथा बिचौलियारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक उनीहरु इजरायल प्रस्थान गरेका हुन् ।
मन्त्रालयका अनुसार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ ।
वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ