
रुपन्देही क्रिकेट संघमा थापा निर्वाचित, शक्ति गौचन पराजित

रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । आज भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मत प्राप्त गरी थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका छन् ।
थापा र गौचन प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए । पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन् । संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचित भएकी छन् ।
अन्य सदस्यहरूमा भरत थापा, विजयसिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदयकुमार मल्लिक र श्रीराम नेपाली निर्वाचित भएको निर्वाचन अधिकृत शारदा मल्लले जानकारी दिइन् । अध्यक्षमा पराजित गौचन राष्ट्रिय कप्तानको भूमिकामा खेल खेलेका खेलाडी हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ