मूल्यवृद्धि गरेको निगम भन्छ– अझै १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुन्छ
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले अझै कम्पनी अत्यधिक घाटामा रहेको बताएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ भने प्रतिलिटर नौ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच तथा अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्यमा प्रति किलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।
कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य |
केमा कति घाटा ?
निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७२ रुपैयाँ घाटा छ । जसअनुसार १५ दिनको घाटा करिब ३४ करोड ८१ लाख हुन आउँछ । यस्तै डिजेलमा ६.३३ रुपैयाँ घाटा रहेको छ । जसमा १५ दिनमा करिब ५७ करोड ४३ लाख घाटा हुने निगमको भनाइ छ । यसैगरी मट्टितेलमा २ करोड ७ लाख घाटा करिब १५ दिनमा हुने निगमले जनाएको छ। निगमका अनुसार अहिले प्रतिलिटर मट्टितेलमा २२.६४ रुपैयाँ घाटा रहेको छ ।
यस्तै ग्यासमा निगमलाई ग्यास प्रतिसिलिन्डर ६४६.१६ पैसा घाटा हुँदा १५ दिनमा करिब ११४.८६ करोड घाटा हुन्छ । निगमले आज ग्यासको भाउ भने यथावत राखेको छ। हवाइ इन्धनमा भने १५ दिनमा निगमले आन्तरिकतर्फ २ करोड ६१ लाख र बाह्यतर्फ १३ करोड ७९ लाख कमाउँछ ।
निगमका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक भारतीय आयल निगमबाट मूल्य बढेको नयाँ सूची प्राप्त भएको छ । जसमा अधिकांश पटक मूल्य बढेर आएको बताउँदै आन्तरिक बजारमा भने ३ पटक मूल्य समायोजन गरिएको बताएको छ। चालू आर्थिक वर्षमा मात्रै निगमले १९ अर्ब २६ करोड घाटा बेहोरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान