
आयल निगमको निमित्त प्रमुखमा सुशील भट्टराई

नेपाल आयल निगमको निम्ति प्रमुखको जिम्मेवारी इन्जिनियर सुशील भट्टराईले पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार इन्जिनियर भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।
मन्त्रालयले निगमको प्रमुख कार्यकारी निर्देशकको नियुक्त नहुँदासम्मका लागि भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।
यसअघिका निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल आफ्नो कार्यकाल पूरा गरि गत पुस २३ गते विदा भएका छन् । पौडेलको कार्यकाल सकिएसँगै अहिले निगमको उक्त पद रिक्त छ । हालका निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक समेत रहेका भट्टराईलाई दैनिक कामकाजको सहजताका लागि मन्त्रालयले निमित्तको जिम्मेवारी दिइएको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ