कर्णालीमा पनि बढ्न थाल्यो कोरोना : परीक्षण गरिएका झण्डै ५६ प्रतिशतमा संक्रमण
केहीदिन अघिसम्म न्यून कोरोना संक्रमण दर रहेको कर्णालीमा पछिल्ला केही दिनदेखि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कर्णालीमा १८९ जनामा कोरोना संक्रमण देखिएको छ । ४१ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ३७ जना र २९२ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा परीक्षण गरिएकामध्ये झण्डै ५६ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो । जसमा सबैभन्दा धेरै प्रदेश राजधानी सुर्खेतमा मात्रै १३१ जनामा कोरोना पुष्टि भएको छ भने सल्यानमा २१, कालिकोटमा १९, मुगुमा २, जुम्लामा ४ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशक डा.रविन खड्काका अनुसार संक्रमितमध्ये ८४ जना महिला छन् भने १०५ पुरुष रहेका छन् । यो अवधिमा संक्रमण मुक्त हुनेको संख्या जम्मा–जम्मी ६ जना मात्र छन् भने ९३ जना प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा आइसोलेशनमा थपिएका छन् ।
स्वास्थ्य निर्देशन खड्काकाअनुसार पहिलो, दोस्रो र तेस्रो चरणमा गरी हालसम्म कर्णालीमा ३४ हजार ६०५ जनालाई कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ३२ हजार ३२३ जनाले कोरोनालाई परास्त गरेका छन् भने ३८८ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
यस्तै ६०४ वटा केसरु विभिन्न आइसोलेशनमा सक्रिय छन् । तथापि पछिल्लो समय कोरोना संक्रमणका कारण भने प्रदेशमा कसैले ज्यान गुमाएका छैनन् । जनस्वास्थ्यविदहरुले कोरोना संक्रमणको दर बढ्न थालेपछि स्वास्थ्यमा मापदण्ड अपनाउ आग्रह गरेका छन् ।
स्वास्थ्य निर्देशन डा.खड्का भन्छन्–‘हाम्रो यस्तै छाडा गतिविधि भैराख्ने हो भने गत वैशाख, जेठ–असारमा भोगेको नियति फेरि नआउला भन्न सकिन्न् । त्यसैले जनस्वास्थ्यमा मापदण्डहरुको पुरापुर पालना गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म