शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जबरजस्ती करणी कसुरमा दुई जना पक्राउ

बुधबार, ०५ माघ २०७८, १९ : ५२
बुधबार, ०५ माघ २०७८

जबरजस्ती करणी गरेको कसुरमा खोटाङमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र ४० वर्षकी महिलालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रतिवादी हिङमाङले गत २५ पुस साँझमा छिमेकीको घरमा पितृ कार्य (श्राद्ध)को निम्तो मानेर एक्लै घर फर्कँदै गरेको मौका छोपेर डर र धाकधम्की देखाएर बालिकामाथि जबरजस्ती गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाका आफन्तले १० माघमा किटानी जाहेरी दिएपछि लुकिछिपी बसिरहेको अवस्थामा हिङमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । 

प्रतिवादी राईविरुद्ध घरमा कोही नभएको मौका पारेर महिलामाथि ३० पुस बिहान ११ बजेको समयमा बलात्कार गरेको अभियोग छ । फोनमार्फत महिलामाथि जबरजस्ती जबरजस्ती बलात्कार गरेको जानकारी प्रहरीचौकी तालखर्कमा आएपछि खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो । 

जबरजस्ती करणीका दुवै अभियुक्तविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको प्रेस–विज्ञप्तीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप