शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा मास्क नलगाउने १५२ जना कारबाहीमा

बुधबार, ०५ माघ २०७८, १९ : ४०
बुधबार, ०५ माघ २०७८

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुसार मास्क नलगाई हिँड्डुल गर्ने १ सय ५२ जनालाई कारबाही गरिएको छ । 

बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरूले पूर्वी नाका साँगा, बजार क्षेत्र सूर्य विनायक चोक, राधे–राधे, दरबार स्क्वायर टौमणी लगायतका स्थानमा स्वास्थ्य मापदण्डको पालन भए नभएको अनुगमन गरेका थिए । बुधबार मात्र नेपाल प्रहरीले स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालन गरिएका ठुला साना ५ सय गाडीलाई कारबाही गरेको प्रशासनले जानकारी दिएको छ ।

कोरोनाबाट एकको मृत्यु

भक्तपुर अस्पतालमा कोरोना संक्रमित भएर उपचार गराई रहेका एक जना पुरुषको मृत्यु भएको छ । अस्पतालकी प्रमुख डा. सुमित्रा गौतमका अनुसार ६१ वर्षका पुरुषको आज मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप