शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्माण क्षेत्रमा नेपाली कामदार इजरायल पठाउने तयारी

बुधबार, ०५ माघ २०७८, १८ : ४८
बुधबार, ०५ माघ २०७८

इजरायलमा निर्माण क्षेत्रमा नेपाली कामदार पठाउने सम्बन्धमा दुई पक्षीय सम्झौता पत्र तयार गर्न संयुक्त कार्यदल बनाउने दुई देशबीच सहमति भएको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि इजराजयका राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको छलफल पछि कार्यदल बनाउने सहमति भएको हो ।

इजरायलको दूतावासले केयर गिभर क्षेत्रमा ९९ जना नेपाली कामदार आज इजरायल जान लागेकोमा पनि खुसी व्यक्त गरेको छ । यस क्षेत्रमा आगामी हप्तामा १ हजार जना कामदार इजरायल जाने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप