शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ जनामा कोरोना

बुधबार, ०५ माघ २०७८, १८ : ३२
बुधबार, ०५ माघ २०७८

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ कर्मचारी कोरोना संक्रमित भएका छन् । अस्पतालका कार्यरत चिकित्सक, नर्स र कर्मचारी संक्रमित भएपछि अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार  अस्पतालमा कार्यरत ११ डाक्टरसहित नर्स, प्यारामेडिक्स र  कर्मचारीहरु एकसाथ संक्रमित भएका हुन् । उनले चिकित्सकसहितका कर्मचारी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको बताए ।

‘फ्रन्टलाइन चिकित्सक र नर्सको ठुलो जनशक्ति कोरोना संक्रमित हुन पुगेका छन्’मेसु दासले भने,‘अस्पतालको सेवा नियमित गर्न हामीलाई अहिले निकै समस्या भएको छ ।’ यद्यपि कुनै पनि सेवा हालसम्म नरोकेको उनले बताए ।  संक्रमित कर्मचारीको संख्या थपिँदै गएको खण्डमा समस्या आउने उनको भनाइ छ । 

संक्रमित बनेका चिकित्सक,नर्स र कर्मचारी सबै अहिले होम आइसोलेशनमा बसेको मेसु दासले बताए । अस्पतालमा २५९ दरबन्दी रहेको छ । त्यसमा हाल १ सय ९१ जना मात्र अस्पतालमा कार्यरत रहँदै आएका छन् । कोशी अस्पतालमा दैनिक १ हजार बढी विरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप