शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्सवमा तोडफोड र आगजनी प्रकरणः प्रशासनद्वारा छानविन समिति गठन

बुधबार, ०५ माघ २०७८, १८ : २२
बुधबार, ०५ माघ २०७८

बर्जु घटनाको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलवार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

 सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानविन समिति गठन भएको हो । समितिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिले बुधवारबाटै काम थाल्ने बताइएको छ ।

यसैबिच सुनसरी प्रशासनले घटना सम्वन्धमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिको कार्यालय पूर्ण दोषी रहेको बताएको छ । महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनले निष्र्कष निकालेको छ ।  

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफुखुशी महोत्सव संचालनमा ल्याएको बताए । 

सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराएपनि गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको हठका कारण दुर्घटना हुन पुगेको जनाइएको छ । महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भीड तोडफोड र आगजनीमा उत्रिएको थियो । सो क्रममा चार वटा भारतीय नम्बर प्लेटको स्कारपियो, एक थान मोटरसाइकलमा आगजनी भएको थियो ।  स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा दर्जन बढी घाइते हुन पुगेका थिए । प्रहरीले भीड तितरवितर पार्ने क्रममा १५ सेल अश्रुग्यास प्रहार गर्नु परेको थियो । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप