शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यकबाहेकका सेवा बन्द

बुधबार, ०५ माघ २०७८, १८ : १७
बुधबार, ०५ माघ २०७८

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ ।  बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी विज्ञप्तिमा बिहीबारबाट हाललाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका कार्य बन्द हुने उल्लेख गरिएको छ । 

कार्यालयले प्रदान गर्ने अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा जस्ता विषयका सेवा लिन आउनेहरुलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालन गरेर मात्र आउन निर्देशन समेत दिइएको छ । 
प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ‘हामी आज सरकारी सेवा प्रदान गर्ने केही कार्यालयको अनुगमन गरेका छौं, ती बारेमा पछि निर्णय हुनेछ । ’

मालपोत, यातायात जस्ता सरकारी सेवा प्रदायक कार्यालयमा हुने भिडले रोग संक्रमण जोखिम फैलाउने हुँदा कार्यालय प्रमुखहरुसँग तत्कालै बैठक बस्ने तयारी भईरहेको प्रजिअ शर्माले बताइन् । 
 जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । 

केही कर्मचारीहरु आइसोलेसनमा र केहीको स्वास्थ्य संस्थामा उपचार भइरहेको समेत कार्यालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप