सिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय
बुधबार, ०५ माघ २०७८, १८ : ०७
सरकारले बजारमा सिटामोलको अभाव नभएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बजारमा सिटामोलको अभाव नभएको बताएका हुन् । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत उनले सिटामोलसँगै अन्य कुनैपनि औषधि अभाव नभएको बताए । डा.अधिकारीले सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल रहेको जानकारी समेत दिए ।
उनले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारण रहेको समेत जिकिर गरे । उनले सरकारी अस्पताल र प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखालाई औषधि अभाव हुनसक्ने अवस्था आएमा तत्काल सम्र्पक गर्न आग्रह गरे । स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि खरिदको प्रकृयालाई अगाडि बढाएको डा.अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण