
सिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय
सरकारले बजारमा सिटामोलको अभाव नभएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बजारमा सिटामोलको अभाव नभएको बताएका हुन् । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत उनले सिटामोलसँगै अन्य कुनैपनि औषधि अभाव नभएको बताए । डा.अधिकारीले सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल रहेको जानकारी समेत दिए ।
उनले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारण रहेको समेत जिकिर गरे । उनले सरकारी अस्पताल र प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखालाई औषधि अभाव हुनसक्ने अवस्था आएमा तत्काल सम्र्पक गर्न आग्रह गरे । स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि खरिदको प्रकृयालाई अगाडि बढाएको डा.अधिकारीले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ