बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

बुधबार, ०५ माघ २०७८, १७ : ४८
बुधबार, ०५ माघ २०७८

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शान्ति सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कार्यालयले कोभिड संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्याधिक भिडभाड भै कोभिड थप फैलिन सक्ने जनाउँदै सेवा बन्द गरिएको जनाएको छ । बन्द गरिएका सेवाहरुमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्सन सिफारिस÷प्रमाणित, नाबालक परिचयपत्र लगायत रहेका छन् । 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनाअनुसार अत्यावश्यक सेवा लिन आउनेका लागि पनि खोप कार्ड अनिवार्य गरिएको छ ।  पछिल्ला दिन यहाँ कोरोना संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप