शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ७०३ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, ०५ माघ २०७८, १६ : ४९
बुधबार, ०५ माघ २०७८

गण्डकी प्रदेशमा थप ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०१ जनामा गरिएको परीक्षणमा ७०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट ३६५ र एन्टिजिन परीक्षणबाट ३३८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ ।

 एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररुपमा बृद्धी भएको छ । गत बुधबार १२१, बिहिबार १६५ शुक्रबार १८६,शनिबार २०६ आइतबार २१३,सोमबार ३७८,मंगलबार ६२६ र आज बुधबार ७०३ जनामा संक्रमण देखिएको हो। एकहप्ताको तथ्याङक हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये कास्कीको पोखरा रेडजोन बनेको छ ।

प्रदेशमा देखिएका ७०३ संक्रमितमध्ये कास्कीका मात्र ३६५ जना रहेका छन । त्यसैगरी लमजुङ ३०, तनहँु ८३, नवलपरासी पूर्वमा ४६,स्याङजा ८५, पर्वतमा ५, बागलुङ ११, म्याग्दी १९, मुस्ताङ १ र गोरखामा ५८ जनामा संक्रमणपुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९१ हजार ३५८ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मस्र्याङदी गाउँपालिका–६ का ८७ बर्षिय पुरुष रहेको छन ।उनको जिला अस्पताल लमजुङमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेकोसंख्या १ हजार ४ सय २९ पुगेको छ ।

प्रदेशमा पछिल्लो चौविस घण्टामा थप ३८ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार १४५ पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६३ हजार ३८३ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा २ हजार ७८४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २ हजार ७११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप