शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त

बुधबार, ०५ माघ २०७८, १६ : ४९
बुधबार, ०५ माघ २०७८

सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि काँग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् । 

मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेवारी दिन सकेका छैनन् ।

गत मंगलबार माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले पूर्ववत् सहमतिअनुसार चार मन्त्रालय पाउनुपर्ने अडान दोहोर्‍याएपछि मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद विस्तारमा थप कठिनाइ परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप