शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ हुँदैन : अर्थमन्त्री शर्मा

बुधबार, ०५ माघ २०७८, १६ : ३१
बुधबार, ०५ माघ २०७८

अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताएका छन् ।  बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताएका हुन् । उनले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताए । मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गरे । 

उनले खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताए । उनले सरकारले खेलाडीको सेवा सुविधा बढाउने  विषयमा पहल गर्ने पनि बताए ।

अर्थमन्त्री शर्माले भने, ‘नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार रहेको छ । यस्तो पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरूले जुन मेहनत गरिरहनुभएको छ । त्यो प्रशंसायोग्य छ । यो प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी हुनुभएको छ । जसरी खेलाडीहरूले क्रिकेटमा गर्नुभएको मेहनत अनुसार सरकारले पूर्वाधारको विकास र सेवा सुविधाहरु थप्न सकेको छैन । खेलाडीले पनि मेहनतअनुसार सेवा सुविधा पाउनुभएको छैन । त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।’ 

सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिने कुरामा सक्दो प्रयास गर्ने बताउँदै अर्थमन्त्री शर्माले  यस विषयमा अर्थमन्त्रालयको पूर्ण सहयोग रहने बताए ।  उनले भने, ‘विश्व कपको छनोटको लागि जाँदै हुनुहुन्छ । पछिल्लो समय नेपालमा क्रिकेटको आकर्षण बढेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडीले उत्कृष्टता प्रस्तुत गरेका छन् । अर्थमन्त्रालयको तर्फबाट क्रिकेट संघलाई क्रिकेट खेल्ने स्थानमा लाइटको अभाव भएकाले काम अगाडि बढाउनु भनेको छु । खेलाडीले गर्ने जिममा समेत समस्या रहेको पाएको छु । त्यो विषयमा खेलकुद सचिवले हेर्नु अनुरोध गर्दछु । खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नुपर्छ । खेलकुदसँग सम्बन्धित मन्त्रालयले पूर्वाधार निर्माण लगायतका काम अगाडि बढाउँदा अर्थमन्त्रालयको सहयोग हुन्छ । नयाँ प्रशिक्षक आउनुभएको छ । उहाँकै पालामा विश्वकपमा सहभागी भएको थियो फेरि पनि सहभागी भएर नेपालले सफता पाउने विश्वास लिएको छु ।’ 

अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको बताए । उनले क्रिकेटमा आकर्षण बढे अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप