सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड, ११ हजार ३५२ जनामा पुष्टि

बुधबार, ०५ माघ २०७८, १६ : २७
बुधबार, ०५ माघ २०७८

नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । 

यसैबीच उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र  काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप