शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब आयुष्मानले ताहिराको ‘ब्रेस्ट मिल्क’ पिएका थिए, बताएका थिए पौष्टिक

बुधबार, ०५ माघ २०७८, १६ : १६
बुधबार, ०५ माघ २०७८

बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप स्टार वाइफ मात्रै नभई दुई सन्तानकी आमा, क्यान्सर सर्भाइभर र एक लेखक पनि हुन् । हालै उनले लेखेको किताब ‘द सेभेन सिन्स अफ बिइङ अ मदर’ सार्वजनिक भएको छ । किताबमा उनले आफ्नो र आयुष्मानको नीजि जीवनबारे निकै अचम्मित पारिदिने खुलासा पनि गरेकी छिन् । 

उक्त किताबले ताहिराले आयुष्मान खुरानासँगको तीन दिनको बैंकक ट्रिपमा जाँदाको घटनाबारे पनि कुरा गरेकी छिन् । उनले बताए अनुसार बैंकक ट्रिपमा जानका लागि उनले आफ्ना सात महिनाको बच्चालाई घरमा आफ्नो अभिभावकको निगरानीमा छोडिदिएकी थिइन् । आफ्नो यो निर्णयलाई ताहिराले ‘फ्यामिली स्क्यान्डल’ नाम दिएकी छिन् । 

आयुष्मानले पिएका थिए ब्रेस्ट मिल्कः

ताहिराले इन्स्टाग्राममा आफ्नो किताबमा लेखेको किस्सा सेयर गरेकी छिन् । यो किस्सा उनीहरु बैंकक जाँदाकै थियो । ताहिराका अनुसार त्यतिबेला उनको बच्चा सात महिनाको थियो र बैंकक भ्रमणमा जानका लागि उनले केही बोतल ब्रेस्ट मिल्क जम्मा गरेर राखेकी थिइन् । दुध बच्चालाई पुग्छ भन्ने सोचेर उनी एयरपोर्टका लागि हिँडिन् । चेक इन गर्नुभन्दा ठिक अघि उनका अभिभावकले उनलाई बच्चाले सबै दुध पिइसकेको जानकारी दिए । तर उनले गर्न सक्ने केही पनि थिएन, उनले चेक इन गरिन् । विमानभित्रै पनि उनलाई दुध गान्निने समस्याले दुःख दियो । उनी बारम्बार शौचालय गरेर दुध निकालिरहेकी थिइन् । आयुष्मानले यतिबेला उनलाई चियर अप गर्न खोजिरहेको पनि उनले बताइन् । उनीहरु होटल पुगे र सपिङमा जाने निर्णय गरे । निस्कनु अघि ताहिराले एकपटक पुनः आफ्नो दुध पम्प गरेर निकालिन् र बच्चाको हालखबर सोध्नका लागि आमालाई फोन गरिन् ।

कुरा सिद्धिएपछि फिर्ता हुँदा उनले दोहेर राखेको दुधको बोतल खाली देखिन् । उनलाई थाहा भइसकेको थियो कि आयुष्मानले त्यो ब्रेस्ट मिल्कका साथै आफ्नो प्रोटिन शेक पनि सिद्धाइसकेका थिए । उनले किताबमा लेखेकी छिन्, ‘माई बोय (आयुष्मान) प्रोटिन शेक लिएर बेडरुममा रिल्याक्स गरिरहेका थिए । मैले ब्रेस्ट मिल्क गायब भएको विचित्र केसबारे उनलाई प्रश्न गरेँ । उनले मुस्कुराउँदै आफ्नो जुँगामा लागेको दुध पुछ्दै भने, ‘यो मनतातो थियो, असाध्यै धेरै पौष्टिक र प्रोटिन शेकसँग राम्रोसँग मिक्स हुने खालको थियो ।’

स्मरण रहोस, ताहिरा कश्यप र आयुष्मान खुरानाको विवाह करिब १ दशक पूरा हुन लागेको छ । यी दुईले नोभेम्बरमा आफ्नो विवाहको १० औँ वर्षगाँठ मनाउनेछन् । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप