शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोभिड संक्रमण बढेका बेला परीक्षा सञ्चालन गरेको आरोप, विद्यार्थीद्वारा बहिष्कार

बुधबार, ०५ माघ २०७८, १६ : ०४
बुधबार, ०५ माघ २०७८

काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा रहेको परीक्षा सेन्टरमा विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् ।  बानेश्वरको चक्रवर्ती हबि कलेल र काठमाडौ स्कूल अफ ल नयाँ ठिमीका बिए एलएलबीका परीक्षार्थीहरुले कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन् । 

विद्यार्थीहरुले कोभिड संक्रमण बढ्दै गएकोले अनलाइन विधिबाट लिनुपर्ने माग गर्दै विरोध गरेका हुन् । १ सय ४६ जना विद्यार्थीमा बीस पच्चिस जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । बाँकी विद्यार्थीहले क्याम्पस बाहिर विरोध प्रर्दशन गरेपछि पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा स्थगित गरेको जनाइएको छ ।

विश्वविद्यालयको भीसीले यसअघि अनलाइन विधिबाट परीक्षा लिने बताएपनि कोभिड संक्रमण बढेका बेला भौतिक रुपमा परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । विद्यार्थीको प्रर्दशन नियन्त्रण लिने क्रममा केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप