शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

बुधबार, ०५ माघ २०७८, १५ : ४०
बुधबार, ०५ माघ २०७८

इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो । यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको थियो ।

राजधानी सर्ने सम्बन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरूले पनि उठाउँदै आएका थिए । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनुलगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो ।
राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिन्छ । यो ठाउँको छनौट भने पूर्व राष्ट्रपति जोकोवीले छनौट गर्नु भएको राष्ट्रिय विकास तथा योजनामन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिए । 
इन्डोनेसियामा आफैमा विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक हो । इन्डोनेसियामा अहिले २७ करोड भन्दा बढी जनसङ्ख्या रहेको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप