शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्से सूचक ३८ अंकले घटेर २८ सयमा झर्‍यो, कारोबार रकम पनि घट्यो

बुधबार, ०५ माघ २०७८, १५ : ३३
बुधबार, ०५ माघ २०७८

बुधबार सेयर बजार परिसूचक नेप्से ३८ अंक माथिले घटेर २८ सयको रेञ्जमा झरेको छ ।  लामो समयसम्मको लगातारको गिरावट पछि बढेर साढे २९ सय नजिक पुगेको नेप्सेमा पुनः गिरावट आएको हो । 
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्से ३८.३५ अंकले घट्दै २८ सय ९८.३१ विन्दुमा ओर्लिएको हो । 

त्यसो त यस दिन समग्र सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत गिरावट आएको छ । ३८ अंक माथिले घटेको बजारमा आज कुल ६ अर्ब २ करोड १३ लाख रुपैयाँको मात्र कारोबार भएको छ । जबकि गत मंगलबार १० अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप