शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चार वाणिज्य बैंकसहित ८ कम्पनीको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्ने

बुधबार, ०५ माघ २०७८, १५ : २१
बुधबार, ०५ माघ २०७८

बुधबारदेखि बजारमा चार वाणिव्य बैंकसहित ८ कम्पनीको संस्थापन सेयर लिलामी (बिक्री) खुल्ला भएको छ । सिद्धार्थ बैंकसँगै कुमारी बैंक, प्राइम बैंक र प्रभु बैंकको समेत संस्थापक सेयर बिक्री हुन लागेको हो । सिद्धार्थ बैंकले यसअघि नै दुई जना संस्थापकहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेकाले दरखास्त आह्वान गरेको जनाइसकेको छ । 

यसै गरी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले समेत तीन वाणिज्य बैंकसँगै अन्य चार कम्पनीमा रहेको आफ्नो ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक सेयर बेच्न लागेको हो । 
कम्पनीले कुमारी बैंकको २ लाख, प्राइम बैंकको ६० हजार ६७५ र प्रभु बैंकको ४६ हजार कित्ता सेयर बेच्ने जनाएको छ ।

यस्तै, कम्पनीले नेशनल लाइफ इन्सुरेन्सको १ लाख, आइसीएफसी फाइनान्सको ५० हजार, नेपाल इन्सुरेन्सको ५० हजार र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर पनि लिलामीमा ल्याएको हो । 
जसमा लगानीकर्ताले कुमारी बैंकको सेयरमा न्यूनतम १७५ रुपैयाँ, प्राइम बैंकको सेयरमा न्यूनतम १९० रुपैयाँ, प्रभु बैंकको सेयरमा १७५, नेसनल लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३९४ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यसैगरी, आइसीएफसी फाइनान्सको सेयरमा न्यूनतम २५०, नेपाल इन्सुरेन्सको सेयरमा न्यूनतम ४५० र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ४०० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । तर, सिद्धार्थ बैंकको मामलामा भने पहिलो चरणमा संस्थापकहरुले मात्र सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।
 
यसमा माघ ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप