आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेकपा (माओवादी केन्द्र समाजवादी) ले कम्युनिष्ट सम्मेलन गर्ने

बुधबार, ०५ माघ २०७८, १४ : ५८
बुधबार, ०५ माघ २०७८

कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो । 

वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलनको आयोजना गर्न लागेको उक्त पार्टीले जनाएको छ ।  

कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले कम्युनिष्टहरुको पहिलोपटक सम्मेलनको आयोजना गर्न लागेको बताए । उनले कम्युनिष्ट सम्मेलन आयोजनाको लागि आयोजक समिति गठन गरिने जनाए । उक्त आयोजक समितिको संयोजक र सङ्ख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टीहरूको बीचमा आपसी समझदारी कायम गरेर घोषणा गरिने उनको भनाई थियो ।  यसका साथै, उनले सम्मेलन सम्पन्न गर्न विभिन्न विभागहरू गठन गरिने पनि बताए । सम्मेलन आगामी २ वर्षभित्र गर्ने पनि उनले स्पष्ट पारे । 

नेकपा (एमाले) र नेपाली काँग्रेस, राप्रपालगायतको महाधिवेशन भर्खरै सकिएको भन्दै आफूहरूले नयाँ ढंगले कम्युनिष्टहरुको सम्मेलन गर्ने उनको भनाई थियो । बुढाथोकीले आफ्नो पार्टीको सम्मेलनको उद्देश्य सबै कम्युनिष्टहरुलाई एकै स्थानमा उपस्थित गराउने भएको पनि जिकिर गरे । नेकपा माओवादी र क्रान्तिकारी पार्टीहरूको शक्तिको भरमा आज देश अगाडि बढेको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप