शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकपमा टर्कीले ३ हजार २५० सुरक्षाकर्मी कतार पठाउने

बुधबार, ०५ माघ २०७८, १४ : ४१
बुधबार, ०५ माघ २०७८

टर्कीले आगामी नोभेम्बरमा सुरु हुने विश्वकपका लागि कतारमा ३ हजार २५० सुरक्षाकर्मी पठाउने भएको छ । गृहमन्त्री सुलेमान सोयलुले टर्कीले त्यहाँको सुरक्षाकर्मीलाई प्रशिक्षणसमेत दिएको बताए ।

मंगलबार एक कार्यक्रममा बोल्दै सोयलुले कतार पठाइने सुरक्षाकर्मीमा ३ हजार दंगा प्रहरी, १ सय टर्कीको विशेष फोर्स, ५० विस्फोटक पत्ता लगाउने कुकर र तिनीहरूको सञ्चालक, ५० बम विज्ञ र अन्य स्टाफ हुने जिकिर गरे । उनले प्रतियोगितामा तैनाथ हुने सुरक्षाकर्मीमा टर्कीको हिस्सा कति हुने भन्ने चाहिँ खुलाएनन् ।

टर्की र कतारले पछिल्लो समय दुई पक्षीय सम्बन्धलाई मजबुत बनाएका छन् । अन्य खाडी मुलुकहरूसँग विवाद हुँदा टर्कीले कतारलाई समर्थन गरेको थियो । दुई पक्षले व्यापारिक, सैनिक र आर्थिक क्षेत्रमा सहकार्य गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप