बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राइडर यात्राः  ‘सहारा’ले दियो अस्मिनलाई सहारा

बुधबार, ०५ माघ २०७८, १४ : १९
बुधबार, ०५ माघ २०७८

शंकरदेव क्याम्पसमा बीबीएस तेस्रो वर्ष अध्ययनरत छन्, अस्मिन दाहाल । रौतहटका दाहाल पढाइको सिलसिलामा ९ वर्ष अघि काठमाडौं उक्लिएका थिए । तर काठमाडांै सहर उनले सोचेजस्तो सहज थिएन । उनले कक्षा १२ सम्मको पढाइ सकेर एउटा बैंकमा काम सुरु गरे । जागिर खाँदै पढ्न थाले । बैंकमा करिब साढे तीन वर्ष काम गरेका उनले अचानक बैंकको जागिर छाड्नु पर्यो । पढाउनलाई घरबाट खर्च पठाउन सक्ने अवस्था थिएन । त्यसपछि दाहाल रोजगारीको खोजीमा भौंतारिन थाले ।

यसै क्रममा एकदिन फेसबुकको न्यूजफिड हेर्दाहेर्दै रुटिन अफ नेपाल बन्दको पेजमा राइड शेयरिङ एप सहाराको बारेमा एउटा सामग्री देखे । बैंकको जागिरले उनले मोटरसाइकल जोडेका थिए । उनले उक्त सामग्री हेरेर तत्काल सहाराका माध्यमबाट यात्रुलाई मोटरसाइकलमार्फत् गन्तव्यमा पुर्याउने सेवा दिने मन बनाए । अनि, सहारा पार्टनरका लागि आवेदन दिए ।

पार्टनरका लागि आवेदन दिएलगत्तै उनलाई महाराजगञ्जस्थित सहाराको कार्यालयबाट ‘कल’ आयो । त्यहाँ पुगेर सबै प्रक्रिया पुरा गरे । त्यस दौरान सहाराले जगाएको आत्मविश्वाससँगै सुरु भयो, उनको राइडर यात्रा ।

टप राइडरको मेडल

सहाराले आफ्ना पार्टनरबाट कुनै किसिमको कमिशन नलिने उद्घोष गरेका कारण नै धेरै आम्दानी गर्न सकिने भएकाले सहारा रोजेको दाहाल बताउँछन् । “अन्य कम्पनीमा कमाइको २० प्रतिशतसम्म कमिशन तिर्नुपर्छ । तर सहारामा भने राइडरले जति कमाउँछ, त्यो उसको मात्र कमाइ हुन्छ । त्यसैले पनि मैले सहारा रोजेको हुँ, उनी भन्छन्, शून्य प्रतिशत कमिशन भनेपछि ध्यान खिच्यो । आफूलाई खर्च जुटाउन सक्ने विश्वास भएपछि राइडिङ थालें ।”

यात्रुलाई गन्तव्यमा पुर्याउने काम पर्याप्त पाएको बताउने दाहाल धेरै पटक बोनस पनि पाएको सम्झन्छन् । यति मात्र नभई दाहालले आफ्नो लगावका कारण नै टप राइडरको मेडल पनि हात पारिसकेका छन् ।

सहारा पार्टनरका रूपमा फुर्सदिलो शैलीमा यात्रुलाई गन्तव्यमा पुर्याउने काम गर्दा मासिक २५ हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् दाहालले । विद्यार्थी जीवन, सोचेजस्तो सहज नहुँदा सहाराबाट हुने आम्दानी आफ्नो लागि साँच्चिकै सहारा भएको उनी बताउँछन् । सहाराको आम्दानीले कलेज फि, पकेट खर्च, खाजा खर्चका साथै कहिलेकाँही घुम्न जाँदाको खर्च धानिरहेका छन् उनी । साथै आफ्नो भाइको पढाई खर्चदेखि परिवारको आर्थिक बोझमा पनि भरथेग गर्छन् ।

दाहाल अहिले बुढानीलकण्ठमा सानिमासंग बस्छन् । सहारामा आबद्ध भएपछि आर्थिक रुपमा परनिर्भर हुनु नपरेको भन्दै दाहाल विद्यार्थीहरुका लागि सहारा पार्टनरको रुपमा धेरै सहयोगी हुने बताउँछन् । आफूलाई मन लागेको समयमा काम गर्न मिल्ने, रेष्ट गर्छु भन्दा रेष्ट गर्न पनि मिल्ने हुँदा उनी काममा सन्टुष्ट छन् । उनको अनुभवमा पार्टटाइम जबका रुपमा रहेको यो कामले अध्ययनमा कुनै असर गर्दैन ।

दाहालजस्तै धेरैको रोजाइमा पर्दै गएका कारण नै काठमाडौं उपत्यकामा सहाराको राइड सेयरिङको लोकप्रियता बढ्दै गएको छ । उपत्यकामा रहेका अन्य कम्पनीको भन्दा सस्तो र सुरक्षित सेवा प्रवाह गरेको छ यसले । बिजनेस ग्रोथ कम्पनीले सञ्चालनमा ल्याएको यो एपले अहिले काठमाडौं उपत्यकामा मात्र सेवा दिँदै आइरहेको छ । पार्टनर र यात्रुहरुको सुरक्षाका लागि हालै मात्र अजोड इन्स्योरेन्ससँगको सहकार्यमा ५ लाख रुपैंयाको बीमा सुविधा समेत ल्याएको छ । बुझाई छ । सहारामा आबद्ध हुने अन्यले पनि आफूले जस्तै साँच्चै सहारा पाउनेमा दाहाल विश्वस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप