शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजनीति सेवा हो, व्यापार होइन : राजेन्द्र लिङ्देन

बुधबार, ०५ माघ २०७८, १४ : १५
बुधबार, ०५ माघ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र  यसलाई पेशा  व्यापार बनाउन नहुने बताएका छन् ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाए ।

उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा  पुर्याउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप