बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण

बुधबार, ०५ माघ २०७८, १३ : २८
बुधबार, ०५ माघ २०७८

कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय कोरोना संक्रमित भएका छन् । शरीर दुख्ने, ज्वरो आउने लगायत भएलगत्तै कोरोना परीक्षण गर्दा उपाध्यायलाई संक्रमण पुष्टि भएको हो ।

उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सुरक्षित र सतर्क रहन समेत अनुरोध गरेका छन् । उपाध्याय निजी डाक्टरको सल्लाहमा होम आइसोलेसनमा छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा अहिले विभिन्न ८० वटा विश्व रेकर्ड कायम गरेका छन् । उनी अहिले आफ्नो विश्व रेकर्ड एकसय एक पुर्याउने दौडमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप