बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : मतदान अधिकृत बिरामी भएपछि वडाको मतदान नै रोकियो

बुधबार, ०५ माघ २०७८, १३ : १९
बुधबार, ०५ माघ २०७८

नेपाली काँग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुनः विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो ।

तर  केहीबेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना  निकालेपछि अधिवेशन पुनः अन्योलमा बनेको छ । मतदानको मिति र स्थान पटक–पटक निर्धारण भएपनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ । 

‘अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा कुनै गम्भीर रहस्य लुकेको छ’ नेपाली काँग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।

जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा पार्टी कार्यालयमा हुने भनिएको मतदान १० बजेलाई बोलाइए पनि मतदान अधिकृत परियारले ९ बजे सूचना टाँसेर आफू बिरामी भएको उल्लेख गरेका थिए । उनी बिरामी भए पनि जिल्ला निर्वाचन अधिकृतले अर्को मतदान अधिकृत तोकेर मतदान गराउनै पर्ने प्रावधान छ । तर जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीसमेत सम्पर्कमा छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप