धनुषामा लुटेराले प्रहरीलाई कुटे, असई घाइते
धनुषाको बटेश्वर गाउँपालिकामा लुटेराको एक समूहले प्रहरीमाथि आक्रमण गरेको छ । बटेश्वर–४ मा मंगलबार राति लुटेरा समूहले प्रहरी चौकीका असई मनोज पोखरेलमाथि आक्रमण गरेका हुन् । लुटेराको आक्रमणबाट असई पोखरेल घाइते भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । घाइते असईको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । उनको टाउकोमा १२ वटा टाँका लागेको रजौरेले बताए ।
ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका–७ का अमित पासवानलाई लुटपाट गरेका थिए । सो घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर लुटेराहरूलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि एक्कासी आक्रमण भएको थियो ।
लुटपाट गर्नेहरुलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक रजौरेले बताए । उनले घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारीसमेत दिए । पक्राउ पर्नेहरुमा चन्द्रदेव यादव, रामजीवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रवि दास छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल