आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

बुधबार, ०५ माघ २०७८, १२ : ४७
बुधबार, ०५ माघ २०७८

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताए । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’  लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर गरिएकोमा आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन रहेको शर्माले बताए । उनले कोरोनालाई जितेर एक सातामा काममा फर्किने  विश्व व्यक्त गरे । उनले भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप