शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिकन कपमा सलिमाले रचिन् इतिहास

बुधबार, ०५ माघ २०७८, १२ : ३८
बुधबार, ०५ माघ २०७८

रुवान्डाकी रेफ्री सलिमा मुकानसांगाले नयाँ इतिहास रच्न सफल भएकी छन् । ३५ वर्षीया सलिमा अफ्रिकन कप अफ नेसन्समा रेफ्री गर्ने पहिलो महिला बनेकी हुन् ।

गिनी र जिम्बाब्वेविरुद्धको खेलमा उनी रेफ्रीको भूमिका निभाएकी हुन् । समूह बीको उक्त खेलमा जिम्बाब्वे २ का विरुद्ध १ गोलले विजयी भएको थियो । पराजयका बावजुद गिनी अन्तिम १६ मा प्रवेश गरेको छ । जिम्बाब्वे यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । यसअघि टोकियोमा आयोजित ओलम्पिकमा रेफ्री गरिसकेकी सलिमाले खेलमा ६ वटा पहेँलो कार्डसमेत देखाएकी थिइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप