शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

६ वटा युरोपियन कप उपाधि जित्ने एक्ला खेलाडीको निधन

बुधबार, ०५ माघ २०७८, १२ : २९
बुधबार, ०५ माघ २०७८

रियल म्याड्रिड तथा स्पेनका लिजेन्ड फ्रान्सिस्को पाको गेन्टोका ८८ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ देखि १९७१ सम्म रियलमा १८ वर्ष बिताएका गेन्टो ६ वटा युरोपियन कप उपाधि जित्ने एक्लो खेलाडी हुन् । 

लेफ्ट विङ्ग पोजिसनबाट खेल्ने उनले क्लबका लागि ६ सय खेल खेल्दै १८२ गोल गरेका थिए । उनले क्लबमा रहँदा १२ वटा लिग उपाधि, २ वटा कोपा डेल रे र एउटा इन्टर कन्टिनेन्टल कप उपाधि पनि जितेका थिए । स्पेनका लागि ४३ खेल खेलेका उनले सन् १९६२ र १९६६ को विश्वकप पनि खेलेका थिए ।

क्लबमा २३ वटा उपाधि जितेको कीर्तिमान ५० वर्षभन्दा धेरै कायम रहेको थियो । हालैमात्र रियलका कप्तान मार्सेलोले उक्त कीर्तिमान बराबरी गरेका थिए । गेन्टोले रेसिङ सान्टान्डेरबाट करियरको सुरुवात गरेर रियल पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप