कोटेश्वरमा दुर्घटना गराएर भागेका टिपर चालक पक्राउ
काठमाडौंको कोटेश्वरमा गएराति गुडिरहेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भयो । मृत्यु हुनेमा मोरङ पथरी घर भएका २७ वर्षीय प्रकाश लिम्बु छन् । तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको ना.१ क ४५०२ नम्बरको टिपरमा पछाडिबाट जाँदै गरेको प्रदेश–३–०२६ प १८२४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएर चालकको मृत्युपछि सो टिपर भागेको थियो ।
रमन कन्स्ट्रक्सनको स्वामित्वमा रहेको टिपर र चालकलाई बल्खुस्थित सुन्दरीघाटबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–१० घर भएका ५२ वर्षीय सुब्बा श्रेष्ठ छन् ।
मृतक भक्तपुरको सल्लाघारीमा बस्थे । उनको निधारमा चोट लागेको छ । मोटरसाइकलमा सवार काभ्रे घर भएका ३१ वर्षीय देव लामा गम्भिर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मोटरसाइकल कसले चलाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधीको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो