महालक्ष्मी विकास बैंकद्वारा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण
महालक्ष्मी विकास बैंक लिमिटेडले विपन्न परिवारका ६३ जना छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ । बैंकको मकवानपुर पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच पालुङ शाखाका शाखा प्रबन्धक संगीता बज्राचार्यले न्यानो कपडा वितरण गरेकी हुन् ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २७ वर्ष देखि वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ ।
जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पुयाएको बताउदै विद्यालय प्रधानाध्यापक प्रतापसिंह गोलेले बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गरेका छन् । साथै यस किसिमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए । आगामी दिनहरुमा सामाजिक उत्तरदायित्व कार्यक्रम अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ । कोभिड ̵ १९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गर्न बैंकले सर्ब ग्राहक वर्गमा अपिलसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता