शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि उत्पादनको ढुवानी सहज बनाउने ‘स्टार्टअप’लाई ५० लाख

बुधबार, ०५ माघ २०७८, ११ : २८
बुधबार, ०५ माघ २०७८

कृषिजन्य वस्तुको आपूर्ति शृंखलाका समस्या र चूनौति समाधान गर्ने नवीनतम सोचलाई ५० लाख अनुदान मिल्ने भएको छ । प्रदेश नम्बर १ को कृषि उत्पादन आपूर्ति शृंखला तथा ढुवानीमा देखिँदै आएका प्रमुख समस्या समाधान गर्ने नवीनतम सोचले ५० लाख रुपैयाँसम्म अनुदान पाउने भएको हो ।

अनुदानका लागि नवीनतम व्यवसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्ने छन् । आवेदकले अनुदान पाउन फागुन ६ गतेसम्म दिन सक्ने बताइएको छ । नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियोको सहकार्यमा यो अनुदान दिन लागिएको हो ।

दुई संस्थाको सहकार्यमा कृषि उत्पादनको आपूर्ति व्यवस्थापन र ढुवानी सहज बनाउन ‘सहज च्यालेन्ज फण्ड’ स्थापना गरेर यसको आवेदन खुलाइएको स्टुडियोले बताएको छ । फन्डमा आवेदन गर्ने आवेदकहरुको व्यवसायिक योजना प्रवर्द्धनात्मक, समाधानमुखी र व्यवसायिक रुपमा व्यवहारिक हुनु पर्ने बताइएको छ ।

सहज च्यालेन्ज फण्डको पहिलो चरणको कुल बजेट १ करोड ९५ लाख नेपाली रुपैयाँको छ ।  जसमा सबैभन्दा ठुलो सहयोग राशि ५० लाख रुपैयाँसम्मको हुनेछ । यसरी छनौट गरिएका आवेदकले नगद राशिसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।


यस योजनाले प्रदेश १ को कृषि व्यवसायका लागि सेवा र नवप्रवर्तनमा पहुँच बढाउन वित्तिय एवम् प्राविधिक सहयोग उपलब्ध गराउने छ । यसबाट साना किसानका उत्पादनको माग वृद्धि हुने र मूल्य अभिवृद्धि, आपूर्ति शृंखलामा आबद्ध गराउने अपेक्षा राखिएको छ । यसमा https://www.sahajcf.com मार्फत आवेदन दिन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप