शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त, को हुन् आँचल ?

बुधबार, ०५ माघ २०७८, ११ : २२
बुधबार, ०५ माघ २०७८

अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए । कँुवर दराजको नेतृत्व गर्ने पहिलो महिला प्रबन्ध निर्देशक हुन् ।
 यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरेकी थिइन् जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट  लगायतमा कम्पनी स्थापना गर्न सहयोग गरिन् । अमेरिकामा लामो र सफल करियरपछि आँचलले दराज नेपालको नेतृत्व गर्न पाएकी हुन् ।

कुँवरसँग करिब साढे पाँच वर्ष अमेजनमा काम गरेको अनुभव छ । सन् २०१६ मा सिनियर भेन्डर (ब्युटी एन्ड ग्रुमिङ) म्यानेजरको बनेकी उनी दुई वर्षपछि प्रोडक्ट म्यानेजमेन्ट, कस्टमर ट्रस्ट एन्ड पार्टनर सपोर्ट म्यानेजर बनिन् । झण्डै एक वर्ष ग्लोबल एक्सपान्सनतर्फ सिनियर प्रोग्राम म्यानेजरका रुपमा काम गरिन् । पछिल्लो एक वर्षभन्दा बढी समयदेखि भने उनी ग्लोबल एक्सपान्सन प्रोग्राम म्यानेजमेन्टको म्यानेजरका रुपमा कार्यरत थिइन् ।

आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष यूएसको कर्पोरेट क्षेत्रमा काम गरेकी छिन् । कुँवरले नेपाली जनताका लागि विश्व–स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरले सम्मानित महसुस गरेको बताएकी छिन् ।

‘नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत वृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ । यसरी, म दराज नेपाललाई घरायसी नाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागि वान–स्टप समाधानको रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित महसुश गर्छु,’ उनले भनेकी छिन् ।

कम्पनीले हालसालै रिब्रान्डिङ गरेको छ । उनको नियुक्तिसँगै दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ । दराजको वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप