मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कर्मचारीमा कोरोना, मालपोत कार्यालय विराटनगरको सम्पूर्ण सेवा बन्द

बुधबार, ०५ माघ २०७८, १० : ४७
बुधबार, ०५ माघ २०७८

मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

कार्यालयका विभिन्न फाँटमा कार्यरत ती कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।

उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए ।

भण्डारीका अनुसार कार्यालयमा कार्यरत कुल ६ जना कम्प्युटर शाखामा कार्यरत कर्मचारी मध्ये चार जनामा सङ्क्रमण देखिएको र अन्य विभिन्न फाँटमा कार्यरत कर्मचारी रहेका छन् । मालपोत कार्यालयबाट जग्गा सम्बन्धीका सम्पूर्ण सेवाका लागि दैनिक सयौँको सङ्ख्यामा सेवाग्राहीको. भीड लाग्दै आएको थियो ।

आलोपालो सेवा

कोभिड सङ्क्रमण तीव्र रूपमा बढेपछि जिल्ल प्रशासन कार्यालयबाट प्राप्त हुने सेवामा आलोपालो सिस्टम लागु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधवारदेखि कार्यालयबाट प्रवाह हुने सेवामा आलोपालो सिस्टम लागु गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाका अनुसार आइतबार र बुधबार सुन्दरहरैंचा नगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकाका नागरिकहरूलाई सेवा प्रदान गरिने छ ।

त्यसै गरी सोमबार र बिहीबार विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र धनपालधान गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने भएको छ ।

बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र केराबारी गाउँपालिकाका नागरिकले भने मंगलबार र शुक्रबार सेवा प्राप्त गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप