शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् पूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित

बुधबार, ०५ माघ २०७८, १० : ३५
बुधबार, ०५ माघ २०७८

कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि लमजुङमा स्मार्ट लकडाउन लागु गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै स्थानीय प्रशासनले स्मार्ट लकडाउन जारी गरेको हो । प्रशासनले सम्पूर्ण शिक्षण संस्थाहरू पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यतिखेर जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द छन् ।

जसका कारण अहिले सबै विद्यालयहरूले विद्यार्थीहरूको शिक्षण सिकाइलाई नियमित बनाउनका लागि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । तर, विद्युत् नियमित नहुँदा पढाइ भने प्रभावित बनेको विद्यार्थीहरूले बताएका छन् ।

विद्यालयहरूले कक्षा सञ्चालन गर्दै आएको समय बिहान तथा दिउँसोको समयमै विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षा प्रभावित बनेको हो । लमजुङमा विगत एक सातायता जीर्ण भएका विद्युतीय संरचना मर्मत तथा अपग्रेडिङ कार्यका लागि भन्दै नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले नै विद्युत् आपूर्ति बन्द गर्दै आएको छ ।  

केन्द्रले पूर्व जानकारी दिएर नै विद्युत आपूर्ति बन्द गरे पनि यसको प्रत्यक्षमा शिक्षण संस्था तथा विद्यार्थीहरू परेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन लमजुङका सचिव विमल अधिकारीले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप