शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज एयर इन्डियाको फ्लाईट अमेरिका नजाने

बुधबार, ०५ माघ २०७८, १० : ३१
बुधबार, ०५ माघ २०७८

आज अर्थात् बुधबार एयर इन्डियाको फ्लाईट अमेरिका नजाने भएको छ । अमेरिकामा फाइभ–जी मोबाइल टेक्नोलोजीको प्रयोग सुरु भएकाले भारतबाट अमेरिका हुने सबै उडान रद्द भएका हुन् । एयर इन्डियाले ट्वीट गरेर भनेको छ, ‘हाम्रो दिल्ली–न्यूयोर्क, दिल्ली सन फ्रान्सिस्को , दिल्ली–शिकागो , मम्बई–न्यूजर्सीको उडान हुने छैन ।’ यसबाहेक एयरलायन्सले  दिल्लीबाट वासिङ्टन जाने उडानको पनि नयाँ तालिका बनाएको छ ।

फाइभ–जी नेटवर्कबाट विमानको संचार प्रणालीले काम गर्न समस्या आउने भएकाले एयर इन्डियाले उडान रद्द गर्ने निर्णय गरेको हो । अन्य एयरलाइन्सले पनि एयरलाइन्स वरिपरि फाइभजी प्रविधिका कारण खतरनाक समस्या हुनसक्ने बताएको छ । यसलाई मध्यनजर गर्दै फाइभ–जी प्रविधिलाई धावन मार्गबाट २ माइलको दुरीमा राखिने भएको छ ।

विमानको उचाइ नाप्ने क्षमतामा असर पर्न सक्ने

केही एयरलायन्सका सीईओले अमेरिकी यातायात अधिकारीलाई चिठ्ठी लेखेर भनेका छन्, ‘उड्डयन उपकरणमा  अत्यावश्यक अपग्रेड वा परिवर्तनबिना यदि फाइफ–जी प्रयोगमा ल्याइयो भने ठूलो दुर्घटना हुन सक्छ । फाइभ–जी प्रविधिका कारण विमानलाई उचाइ मापनको  क्षमतामा प्रभावित पार्न सक्छ ।

दुई पटक रोकिइसक्यो फाइभ–जी लन्चिङः

युनाइटेड एयरलायन्सका सीइओ स्कट किर्बीले चेतावनी दिँदै भनेका छन्, ‘दुरसंचार कम्पनीहरु एयरपोर्टको नजिकै फाइभ–जी प्रविधिको प्रयोग गर्छन् भने यसको वरपर नकारात्मक असर पर्छ । महत्वपूर्ण  विमानस्थलको नजिक फाइभ–जी प्रविधिको प्रयोग रोक्न आवश्यक छ ।’

एयरलाइन्स कम्पनीको चेतावनीका कारण मोबाइल सर्भिस कम्पनी एटी एन्ड टी र भेराइजोन दुईपटक फाइभजीको लञ्चिङ रोकिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप