आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

साउदी अरबमा चेतावनी : सोसल मिडियामा अफवाह फैलाउनेलाई पाँच वर्षको जेल

बुधबार, ०५ माघ २०७८, १० : ०६
बुधबार, ०५ माघ २०७८

महिलामाथि दुर्व्यवहारको खबरपश्चात् साउदी अरबका अधिकारीले यदि कसैले सोसल मिडियामा निराधार अफवाह पोस्ट गरेको खण्डमा उनलाई पाँच वर्षको जेल सजाय हुने चेतावनी दिएका छन् । जेल सजायका साथै त्यस्ता व्यक्तिलाई जरिवाना पनि लगाउन सकिने बताइएको छ । 

यसअघि रियादमा आयोजना हुन लागेको कन्सर्ट रद्द भएपछि त्यहाँबाट फर्किरहेका महिलामाथि दुर्व्यवहारको खबर सार्वजनिक भएको थियो । 

केही महिलाले बीबीसीसँगको कुराकानीमा कन्सर्टपछि जे जति भयो, त्यसबारे पोस्ट गर्न मानिसहरु डराइरहेको बताएका छन् । 

त्यसपछि साउदी इन्टरटेनमेन्ट चिफ टर्की अल–शेखले ट्वीट गरेर महिलामाथि भएको दुर्व्यवहारको दाबी खारेज गर्दै यसलाई फर्जी बताएका छन् ।
१४ जनवरीको बेलुका रियादमा कोरियाली पप ब्यान्ड स्ट्रे किड्सको एउटा साङ्गीतिक कन्सर्टको आयोजना हुन लागेको थियो तर भारी वर्षा र अत्यधिक वेगको हावाका कारण यसलाई अन्तिम समयमा रद्द गरिएको थियो । त्यसपछि आयोजना स्थलबाट बाहिर निस्किरहेका मानिसबीच भागदौड मच्चिएको थियो । 

त्यसपछि सोसल मिडियामा  घर फर्किरहेका केही महिलामाथि दुर्व्यवहार भएको र केही घर नै नफर्किएको खबर आउन थाले । 

यद्यपि, कन्सर्ट रद्द भएपछि त्यस दिन के भएको थियो भनेर अहिलेसम्म पत्ता लाग्न सकेको छैन । 

केही मानिसले दुर्व्यवहारको घटना अस्वीकार गर्दै कन्सर्ट रद्द गर्नका लागि केही आयोजकले समर्थन गरेको बताएका थिए । तर कतिले भने स्वतन्त्र विचारधाराको मुलुकको रुपमा साउदी अरबको छविलाई हानी पुर्याउन सक्ने व्यक्तिहरुलाई चुप गराउन चाहेको बताउने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप