विश्वभरिमा २०.७१ लाख नयाँ सङ्क्रमित
मंगलबार विश्वभरिमा २०.७१ लाख जना कोरोनाबाट सङ्क्रमित भएका छन् । यी सङ्क्रमित मध्ये ५ हजार २८६ को मृत्यु समेत भएको छ । नयाँ सङ्क्रमितमा अमेरिकामा पहिलो स्थानमा छ । यसैबीच अस्ट्रेलियामा मंगलबार महामारीको सबैभन्दा नराम्रो दिन साबित भयो । तीव्र दरमा बढेको ओमिक्रोनको प्रकोपले अस्पतालमा भर्ना हुनेको सङ्ख्या रेकर्ड स्तरमा पुगेको थियो । देशको अस्पतालमा केवल १२ प्रतिशत बेड मात्रै उपलब्ध रहेको छ । अस्ट्रेलियामा अब ओमिक्रोनको प्रकोप शीर्ष स्थानमा छ र मंगलबार मात्रै ७३ हजार नयाँ सङ्क्रमित दर्ता भएका छन् ।
स्वास्थ्य मन्त्री ग्रेग हन्टले निजी अस्पतालका लागि देशभरको ओमिक्रोन प्रभावित क्षेत्रमा ५७ लाख नर्स र १ लाख भन्दा बढी कर्मचारी पठाउने योजना बनाएको बताएका छन् । योजना अनुसार स्वास्थ्यकर्मीको बिदा पनि रद्द गर्न सकिने उनले बताए । स्वास्थ्य मन्त्रीले देशकै दोस्रो ठुलो राज्यको अस्पतालहरूमा आपत्कालीन स्थितिको घोषणा गरेका छन् । यी अस्पतालहरू बिरामीको सङ्ख्या बढ्नुका साथै कर्मचारीको कम सङ्ख्यासँग जुझिरहेको छ ।
एक दिनमा तीन सर्वाधिक जनसङ्ख्या भएको राज्यमा ७४ सङ्क्रमितको मृत्यु भएको छ । न्यू साउथ वेल्समा ३६, भिक्टोरियामा २२ र क्विन्सल्यान्डमा १६ बिरामीको मृत्यु भएको छ । भिक्टोरिया राज्यको राजधानी मेलबर्नको अस्पतालमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।
जापानमा पनि प्रतिबन्धको तयारी
जापान सरकारले पनि कोरोनाको ओमिक्रोन भेरियन्टबाट सङ्क्रमणलाई मध्यनजर गर्दै राजधानी टोकियो र अन्य क्षेत्रमा सामाजिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । जापानमा महामारीका कारण हाल सम्म पनि लकडाउन लगाइएको छैन । तर रेष्टुरेन्ट र बारलाई समय भन्दा अगावै बन्द गर्ने विषयमा ध्यान केन्द्रित गरिएको छ । कोभिड–१९ को घटनामा वृद्धिका बावजुद देशका कयौँ हिस्सामा भीड देखिरहेको छ र पसल तथा कार्यक्रममा ठुलो सङ्ख्यामा मानिसको उपस्थिति रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते