बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको चेतावनी : स्थिति खतरनाक, रुस जुनसुकै बेला युक्रेनमा हमला गर्नसक्छ

बुधबार, ०५ माघ २०७८, ०९ : १८
बुधबार, ०५ माघ २०७८

 

रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक पठाएको र उनीहरुले कुनै पनि बेला युक्रेनमा हमला गर्नसक्ने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनका लागि स्थिति निकै खतरनाक बनिरहेको जानकारी दिएकी छिन्  ।

उनका अनुसार विदेशमन्त्री एन्टनी ब्लिंकनले मंगलबार यो मुद्दामा आफ्ना समकक्षी सर्गेई लेवरोयसँग चर्चा गरेको र दुबै नेता छिट्नै जेनेभामा भेट गर्नेबारे सहमति बनेकोसमेत बताइन् । 

समाचार एजेन्सी एएफपीका अनुसार यो भेट शुक्रबार हुँदैछ । यसअघि ब्लिंकन युक्रेन र युरोपेली देशका प्रतिनिधिसँग भेटघाट गरिरहेकी छिन् । 

जेन साकीले भनिन्, ‘स्थिति असाध्यै खतरनाक भइरहेको हाम्रो मान्यता छ । हामी अब त्यो चरणमा छौँ जहाँ रुस जुनसुकै बेला पनि युक्रेनमाथि हमला गर्नसक्छ । आफ्ना समकक्षीसँगको छलफलमा विदेशमन्त्रीले यो स्थितिलाई कुटनीतिक तरिकाले हल गर्ने कुरामा जोड दिनेछन् । अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी नागरिकले उनीहरुले आर्थिक प्रतिबन्ध चाहिन्छ कि चाहिँदैन भनेर आफ्नै निश्चित गर्नुपर्छ ।’

यता नेटोले भने रुसले युक्रेनविरुद्ध कुनै कारवाही गरेको खण्डमा उसले ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । 

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पत्रकार सम्मेलनमा यो सैन्य गठबन्धनले युक्रेनलाई साथ दिने र आत्मरक्षाको उनको अधिकारको समर्थन गर्ने स्पष्ट पारेका छन् । 

उनले रुसले युक्रेनमाथि हमला गरेको खण्डमा उक्त देशमाथि आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउन सकिने पनि चेतावनी दिए । 

यद्यपि, उनले आफू रुससँगा छलफल गर्न चाहने र उसको सुरक्षा चिन्तालाई बुझाउन चाहने बताएका छन् । 

उनले भने, ‘म रुस र नेटोका सबै सदस्य देशलाई भविष्यमा हुने नेटो रुसी काउन्सिलको बैठकमा समावेश हुनका लागि निम्तो दिन चाहन्छु । हामी सुरक्षाको विषयमा रुसको चिन्ताबारे चर्चा गर्न चाहन्छौँ र उनीहरुको पक्ष पनि बुझ्न चाहन्छौँ । रुसले युक्रेनमाथि हमला नगरोस् भन्नका लागि विकल्पको खोजीसमेत गर्नेछौँ ।’

यसै पत्रकार सम्मेलनमा जर्मनीका चान्सलर ओल्फ शोल्ज पनि उपस्थित थिए । उनका अनुसार अर्गनाइजेशन फर सिक्योरिटी एन्ड कोअपरेशन यी युरोप (ओएससीई) का सदस्यको रुपमा हामी चाहन्छौँ कि रुसले सीमामा तनाव कम गर्ने कोसिस गरोस् ।’

उनले भने, ‘हामी सकारात्मक र स्थायी सम्बन्ध चाहन्छौँ र हामीलाई तनाव बढाउनमा कुनै रुची छैन । रुससमेत हरेक सदस्य देश ओएससीईको मूल्यको पालना गरोस् र यसप्रति आफ्नो प्रतिबद्धता देखाओस् ।’

तनावको विषयमा बढ्दो चिन्ताबीच रुसका विदेशमन्त्री सर्गेई लेवरोवले रुसलाई गलत तरिकाले पेश गरिँदै छ । उनका अनुसार सीमा नजिकै सैनिकको अभ्यास चलिरहेको छ । तर अमेरिकाका अनुसार सैनिकको संख्या सामान्यभन्दा बढी छ ।’

उनले भने, ‘युक्रेनको मामिलामा जर्मनी र रुसको बुझाई मिन्स्क सम्झौताको दायरामा बसेर छ । यसको कुनै विकल्प छैन । तनावका लागि रुसलाई जिम्मेवार देखाउनु गलत हो । हामीले पछिल्लो समयमा मिन्स्क सम्झौताको पालना नगर्नका लागि रुसलाई जिम्मेवार ठहर गरिएको देखेका छौँ । हामीलाई आशा छ कि जर्मनीले युक्रेनमा आफ्ना पार्टनरलाई यी सम्झौतालाई पूर्ण रुपमा पालना गर्न भन्नेछ ।’

फ्रान्स र जर्मनीको मध्यस्थताले युक्रेनको डोनबास इलाकामा जारी तनाव समाप्त गर्नका लागि सन् २०१४ मा मिन्स्क सम्झौता भएको थियो । 

युक्रेनलाई नेटोको हिस्सा  कहिल्यै पनि बनाइने छैन भन्ने ग्यारेन्टी रुस चाहन्छ । 

स्मरण रहोस्, रुस ठूलो परिमाणमा जर्मनीको पाइपलाइनमार्फत् ग्यास सप्लाई गर्दै आएको छ र यो पाइपलाइन्स युक्रेन हुँदै बछ्याइएको छ । यति तनाव बढेको खण्डमा आपूर्तिमा बाधा आउन सक्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप